काठमाडौं– बिहीबार नेप्से १८.२६ अंकले घटेर २,११२.४७ विन्दुमा पुगेको छ। अहिल्लो दिन बजार ७.१९ अंकले घटेको थियो। केही समययता बजार निरन्तर लगातार घटिरहेको छ।
बजार घटेपनि कारोबार रकममा भने सामान्य सुधार देखिएको छ। आज २२७ किसिमका धितोपत्र तथा ऋणपत्रको ३५ लाख ६६ हजार ८१९ सेयर किनबेच हुँदा एक अर्ब १६ करोड १५ लाख १४ हजार रूपैयाँ कारोबार भएको छ।
अघिल्लो दिन भने जम्मा ३० लाख २० हजार ६७ सेयर किनबेच भएको थियो भने कारोबार रकम एक अर्ब ७ करोड ८४ लाख ८४ हजार रूपैयाँ पुगेको थियो। आज ४७ किसिमका धितोपत्र तथा ऋणपत्रको मूल्य बढेको छ भने १६६ वटाको मूल्य घटेको छ।
आज सबैभन्दा धेरै बढ्नेमा बलेफी हाइड्रोपावर रहेको छ। कम्पनीको आज ९.९७ प्रतिशतले बढेको हो। अघिल्लो दिन कम्पनीको ९.९४ प्रतिशतले सेयर मूल्य बढेको थियो। आज सबैभन्दा धेरै घट्नेमा प्रभु लाइफ इन्स्योरेन्स रहेको छ। यसको ६.४७ अंकले घटेको हो। आज कारोबारमा आएका १३ उपसमूहहरूमध्ये म्युचल फन्डबाहेक सबैको मूल्य घटेको छ। म्युचल फन्डको पनि जम्मा ०.१४ प्रतिशतले बढेको हो। आज सबैभन्दा धेरै घट्नेमा ट्रेडिङको २.६ प्रतिशत, लाइफ इन्स्योरेन्सको १.४३ प्रतिशत र अन्यको १.५६ प्रतिशतले घटेको हो।
कारोबार रकमको आधारमा आज सबैभन्दा धेरै माउन्टेन हाइड्रो नेपाल लिमिटेडको १२ करोड १२ लाख ५८ हजार रूपैयाँको सेयर कारोबार भएको छ। यसपछि एनआइसी एसिया बैंकको ६ करोड ५४ लाख ६० हजार रूपैयाँ, नबिल बैंकको ३ करोड १८ लाख ५७ हजार रूपैयाँ, हिमालयन डिस्टिलरी लिमिटेडको ३ करोड ८ लाख ६१ हजार रूपैयाँ र शिखर इन्स्योरेन्सको २ करोड ८८ लाख ५० हजार रूपैयाँको कारोबार भएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij