२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कुमारी बैंकको ‘केविएल डिवेन्चर २०८९’ ऋणपत्र विक्रिका लागी सिद्धार्थ क्यापिटलसंग सम्झौता

कुमारी बैंकको ‘केविएल डिवेन्चर २०८९’ ऋणपत्र विक्रिका लागी सिद्धार्थ क्यापिटलसंग सम्झौता

1.6K
Shares

काठमाडौं – कुमारी बैंक लिमिटेडले १० (दस) वर्षे अवधि तथा वार्षिक ११ प्रतिशत व्याजदर भएको “केविएल डिवेन्चर २०८९” ऋणपत्र विक्रिका लागी सिद्धार्थ क्यापिटल लिमिटेडसंग सम्झौता गरेको छ । बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको उक्त डिवेन्चर (ऋणपत्र) प्रति कित्ता अंकित मूल्य एक हजार रुपैयाँको दरले ३० लाख कित्ता गरी तीन अर्ब बराबरको ऋणपत्र बैंकले निष्काशन गर्ने सम्बन्धमा सम्झौता भएको हो ।

सो सम्झौता पत्रमा कुमारी बैंकका प्रमुख बजार व्यवस्थापन नवीन मुनि बज्राचार्य र सिद्धार्थ क्यापिटलका तर्फबाट प्रमुख संचालन अधिकृत सन्दिप कार्कीले हस्ताक्षर गरेका छन् । नेपाली वित्तिय क्षेत्रमा हाल सम्मकै उच्चतम व्याजदर दिने मध्येमा सो ऋणपत्र पर्दछ । वर्तमान वित्तिय बजारमा उच्चतम प्रतिफल सहितको यस ऋणपत्र बाट खरिदकर्ताहरुले आगामी दशककै राम्रो प्रतिफल प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त रहेको छ ।

आफ्ना देशव्यापी १९७ शाखा सञ्जाल, १८१ एटिएम, ४२ शाखारहित बैंकिङ्ग ईकाई तथा १६ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक सेवासुविधाहरु प्रदान गर्दै आएको कुमारी बैंकले आगामी दिनहरुमा अझ सुरक्षित, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लग्ने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij