२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

फोनपेको प्रमुख टेक्नोलोजी अफिसरमा सुवास थापा नियुक्त

फोनपेको प्रमुख टेक्नोलोजी अफिसरमा सुवास थापा नियुक्त

2.6K
Shares

काठमाडौं – भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेडको प्रमुख टेक्नालोजी अफिसरमा सुवास थापा नियुक्त भएका छन् । मंगलबार बसेको फोनपेको सञ्चालक समितिको बैठकले थापालाई नियुक्त गरेको हो ।

वित्तीय प्रविधि (फिनटेक) उद्योगको क्षेत्रमा ९ वर्ष भन्दा बढी काम गरेको अनुभव भएका थापाले नेपाल क्लियरिङ हाउस लिमिटेडमा ‘हेड–प्रोडक्ट र सिस्टम डेभलपमेन्ट’ को रूपमा काम गरिसकेका छन् ।

राष्ट्रिय भुक्तानी स्विच परियोजनाहरू कार्यान्वयन गर्न समेत थापा प्रमुख भूमिकामा रहेका थिए । व्यवसाय प्रक्रिया पुनः इन्जिनियरिङ, प्रविधि डिजाइन, समाधान विकास, सरोकारवाला सचेतना र म्यानुअल भुक्तानी प्रक्रियाको डिजिटलाइजेसनको कार्यान्वयनमा सक्रिय रूपमा संलग्न सुवास थापाले कम्प्युटर एप्लिकेसनमा मास्टर डिग्री गरेका छन् ।

थापासँग क्याम्ब्रिज विश्वविद्यालय अन्तर्गत वैकल्पिक वित्तको लागि क्याम्ब्रिज केन्द्रबाट ‘क्याम्ब्रिज फिनटेक र रेगुलेटरी इनोभेसन’ कार्यक्रम पूरा गरेको अनुभव पनि छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij