काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको दोस्रो कोरोबारकाे दिन आज मंगलबार दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से ३५.५३ अंकले घटेर दुई हजार एक सय ३७ दशमलब ९२ विन्दुमा पुगेको हो । त्यस्तै, आज नेप्सेमा एक अर्ब ३१ करोड ७६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
सोमबार समेत बजार ५० अंकभन्दा बढीले घटेको थियो । मंगलबार म्यूचुअल फण्डबाहेक सबै उपसमूहको सेयर मूल्य घटेको छ । सबैभन्दा धेरै निर्जिवन बीमा कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।
मंगलबार २२९ कम्पनीका २७ हजार ५१९ कारोबारबाट ३७ लाख ६९ हजार ८१२ कित्ता सेयर किनबेच भएको छ । यस दिन कुल १ अर्ब ३१ करोड ७६ लाख ९९ हजार ९० रुपैयाँ बराबरको कारोबार भएको छ ।
मंगलबार उपकार लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सबैभन्दा धेरै ८.२३ प्रतिशतले बढेर १४७५.८० रुपैयाँ पुग्यो । एनएमसी ५०, सामलिङ पावर, एनआईसी ग्रोथ फण्डसहितका कम्पनीको सेयर मूल्य पनि बढेको छ ।
नेपाल इन्भेस्टमेन्ट बैंकको सेयरमूल्य सबैभन्दा धेरै ९.९८ प्रतिशतले घटेको छ । एनएलजी इन्स्योरेन्सको मूल्य ६.५० प्रतिशतले घटको छ । मंगलबार एनआइसी एसिया बैंकको सबैभन्दा धेरै कारोबार भएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij