काठमाडौं – नेपाल नागरिक उड्यन प्राधिकरणले प्रस्थान गर्ने र गन्तव्यमा पुग्ने ‘इनरुट’को मौसम सफा भएमात्रै विमानलाई उडान अनुमति दिने भएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले मौसम सफा नभई आन्तरिक उडानका लागि अनुमति नदिने भएको छ । प्राधिकरणले तारा एअरको विमान दुर्घटना भएसँगै उड्ने र पुग्ने स्थानको मौसम सफा नभएसँगै उडान अनुमति नदिने निर्णय गरेको हो ।
आइतबार तारा एयरको विमान दुर्घटनामा परी २२ जनाको मृत्यु भएपछि प्राधिकरणले जहाज उडानको अनुमतिमा कडाइ गरेको हो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij