२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

तारा एयरको जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटियो

तारा एयरको जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटियो

2K
Shares

काठमाडौं– आइतबार बिहानदेखि हराइरहेको तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । मुस्ताङको थासाङ–२ मा विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको नेपाली सेनाले जनाएको छ ।

यार्सागुम्बा टिप्न गएकाहरूले विमानको तस्बिर पठाएको र नेपाली सेनाको हेलिकप्टर सो स्थानमा पुगेको छ ।
पोखराबाट मुस्ताङका लागि उडेको तारा एयरको ट्विनअटर विमान आइतबार बिहान १० बजेर ७ मिनेटमा सम्पर्कविहीन भएको थियो । सो विमानको खोजी कार्य सोमबार बिहानैबाट पुनस् सुरु गरिएको थियो । विमानमा १९ यात्रु र चालक दलसहित २२ जना सवार थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij