२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

किसानलाई कृषि कर्जा दिन ५ खर्बको लघुवित्त कोष बनाउने

किसानलाई कृषि कर्जा दिन ५ खर्बको लघुवित्त कोष बनाउने

2.3K
Shares

काठमाडौं – सरकारले किसानलाई कृषि कर्जा दिनको लागि ५ खर्बको लघुवित्त कोष बनाउने घोषणा गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/ ८० को बजेट सार्वजनिक गर्दै किसानलाई स्रोत अभाव हुन नदिनको लागि ५ खर्बको कोष बनाउने घोषणा गरेका छन् ।

किसानलाई परिचयपत्रको आधारमा राहत दिने घोषणा बजेटमा उल्लेख छ । यसबाहेक अर्थमन्त्री शर्माले किसानलाई पेन्सन दिने कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेका छन् । यसको लागि सरकारले १ अर्ब पुँजीको रुपमा उपलब्ध गराउनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij