२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बैंक अफ काठमाण्डूका ग्राहकलाई ‘ड्रिम्स ताज बिस्ट्रो’मा १० प्रतिशतसम्म छुट

बैंक अफ काठमाण्डूका ग्राहकलाई ‘ड्रिम्स ताज बिस्ट्रो’मा १० प्रतिशतसम्म छुट

2.2K
Shares

काठमाडौं– बैंक अफ काठमाण्डू र ड्रिम्स ताज बिस्ट्रो तथा होस्टलरीबीच सम्झौता भएको छ। अब बैंकका ग्राहकहरूले उक्त रेष्टुरेन्टमा डेबिट कार्डबाट भुक्तानी गर्दा ७ प्रतिशत र क्रेडिट कार्डबाट भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट पाउनेछन्।

उक्त सम्झौतापछि ग्राहकहरूले जितपुर बारास्थित ड्रिम्स ताज बिस्ट्रो तथा होस्टलरीमा उपलब्ध सम्पूर्ण सेवाहरूमा एकमुष्ठ अधिकतम १० प्रतिशतसम्म छुट पाउने भएका हुन्।

ड्रिम्स ताज बिस्ट्रो तथा होस्टलरीले जितपुरको बाराबाट सेवाग्राहीहरूलाई गुणस्तरीय सेवा तथा सुविधाहरू प्रदान गर्दैछ। हालसम्म बैंक अफ काठमाण्डूले ९७ शाखा कार्यालयहरू, ८८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरूलाई बैंकिङ सुविधा प्रदान गर्दैछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij