२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

निर्वाचन आचारसंहिता हट्यो

निर्वाचन आचारसंहिता हट्यो

1.8K
Shares

काठमाडौं – स्थानीय तह निर्वाचनको आचारसंहिता हटेको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आजबाट आचारसंहिता लागु नहुने जानकारी दिए ।

निर्वाचन आचारसंहिता चैत २५ गतेबाट लागु गरिएको थियो । “निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी जारी भएको निर्वाचन आचारसंहिता, २०७८ को दफा १ को उपदफा (२) बमोजिम मिति २०७८/१२/२५ गतेदेखि मुलुकभर लागु उक्त आचारसंहिता मिति २०७९/०२/१० गतेदेखि लागु नरहने व्यहोरा आयोगको निर्णयअनुसार सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ,” विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij