२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नबिल बैंकको सिइओमा ज्ञानेन्द्र ढुंगाना नियुक्त

नबिल बैंकको सिइओमा ज्ञानेन्द्र ढुंगाना नियुक्त

1.8K
Shares

काठमाडौं – नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा ज्ञानेन्द्रप्रसाद ढुंगाना नियुक्त भएका छन । बैंकको जेठ ७ गते सम्पन्न बैंकको विशेष साधारण सभाले ढुंगानालाई बैंकको सीईओ नियुक्त गरेको हो। बैंकका वर्तमान सीईओ अनिल केशरी शाहको कार्यकाल सकिँदै छ।

असार १७ बाट नबिलको सीईओको रुपमा पद सम्हाल्ने गरि ढुंगानाले नियुक्ती पाएका हुन । नेपाल राष्ट्र बैंकबाट सेवानिवृत ढुंगाना नेपाल बंगलादेश बैंकको प्रमुख कार्यकारी अधिकृतमा एक दशक व्यवस्थापकीय नेतृत्व पदमा रहिसकेका छन् ।
यसअघि नबिलसँग मर्ज हुन लागेको नेपाल बंगलादेश बैंक (एनबी) मा एक दशक उनले व्यवस्थापकीय नेतृत्व गरेका थिए। त्यस दौरान उनले एनबी बैंकको वित्तीय अवस्था सुधारमा निकै काम गरेका थिए। ढुंगाना गत पुस अन्तिम साता नेपाल बैंकको सीईओबाट अवकाश भएका हुन्।

पुस १२ मा एनबी बैंकको प्रमुख कार्यकारीबाट अवकाश भएका उनी कुलिङ पिरियडपछि पुनः नबिलको सीईओको नयाँ भूमिकामा देखा परेका हुन्। असार १२ गते उनको कुलिङ पिरियड सकिँदै छ। सो लगत्तै असार १७ बाट जिम्मेवारी सम्हाल्ने गरी उनी नबिलको सीईओ नियुक्त गरिएको हो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij