धनुषा – धनुषाको सबैला नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (माओवादी केन्द्र)का उमेदवार विजयी भएका छन् । मतगणनाको अन्तिम नतिजाअनुसार माओवादीका कारीराम यादव प्रमुखमा र रहीमा खातुन उपप्रमुखमा निर्वाचित भएका हुन् ।
प्रमुखमा निर्वाचित यादवले चार हजार २१२ मत प्राप्त गरेका छन् । उनको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जगतसुन्दर साहले चार हजार ७६ मत प्राप्त गरे ।
उपप्रमुखमा माओवादीकी खातुनले चार हजार ६९९ मतसहित विजयी भएकी छन् । उनको निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)की किरणकुमारी कापरले तीन हजार ६०४ मत प्राप्त गरिन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij