२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

विराटनगरमहानगरपालिको प्रमुखमा कांग्रेसका नागेश कोइराला विजयी

विराटनगरमहानगरपालिको प्रमुखमा कांग्रेसका नागेश कोइराला विजयी

2.1K
Shares

काठमाडौं– विराटनगर महानगरपालिको प्रमुख पदमा सत्ता गठवन्धनका नागेश कोइराला विजयी भएका छन् ।
नेपाली कांग्रेसबाट प्रमुख पदका उम्मेदवार कोइरालाले आठ हजार ७१५ मतको अग्रतासहित ३० हजार १७० मत प्राप्त गरे । त्यसैगरी, उपप्रमुख मा नेकपा (एमाले) का उम्मेदवार शिल्पा निराला कार्की ११ हजार ४६१ मत अन्तरसहित कुल २५ हजार ८६० मत प्राप्त गरी विजयी भइन ।
प्रमुख कोइरालाका निकटतम प्रतिस्पर्धी एमालेका सागरकुमार थापाले २१ हजार ४५५ मत प्राप्त गरे । त्यसैगरी स्वतन्त्र उम्मेदवार उमेशकुमार यादवले आठ हजार ७९५ मत प्राप्त गरे । राप्रपाका प्रल्हादप्रसाद साहले पाँच हजार २१६ मत पाए ।
उपप्रमुखमा एमालेका उम्मेदवार कार्कीसँग जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवका छोरा अमरेन्द्र यादव पराजित भए । यादवले कुल १४ हजार २१९ मत प्राप्त गरे । उपप्रमुखमै राप्रप्राकी विन्दा लुईटेल आचार्यले ६ हजार ४०१ मत ल्याइन ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij