नुवाकोट- नुवाकोटको बेलकोटगढी नगरपालिकामा गठबन्धनको तर्फबाट प्रमुखका उम्मेदवार नेकपा (माओवादी केन्द्र)का जगबहादुर गुरुङ र उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार शिवप्रसाद दाहाल निर्वाचित भएका छन् ।
वैशाख ३० मा भएको मतदानको आज सम्पन्न मतगणनाको अन्तिम मतपरिणामअनुसार प्रमुखमा माओवादी केन्द्रका उम्मेदवार गुरुङले १३ हजार २२२ मत ल्याएर विजयी भए । उनका प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार राजेन्द्ररमण खनालले छ हजार ७४९ मत ल्याए । उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार शिवप्रसाद दाहालले १० हजार ७६६ मत ल्याएर विजयी भए । उनका प्रतिस्पर्धी एमालेका उम्मेदवार रुपा सापकोटाले सात हाजर २७४ मत ल्याए ।
बेलकोटगढीमा माओवादी केन्द्रले प्रमुख र काँग्रेसले उपप्रमुख लिएर पालिका तहमा दुई पार्टीबीच तालमेल गरेको थियो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij