काठमाडौं– कर्मालय फाउण्डेशनद्धारा र्गोखाको बिकट गाउँ स्वारागाउँ, थुमि र आरवाङ भोक्टेनीमा ५०० भन्दा बढि बालबालिका र गाउँलेहरुलाई दातको सुरक्षा सम्बन्धी जानकारी दिनुका साथै दन्त मन्जन तथा ब्रस पनि वितरण गरिएको छ ।
त्यसका साथै बालबालिका र स्कुलको लागि खेलकुद सामग्री वितरण गरिएको थियो । संस्थाले करिब एक लाख ५० हजार बराबरको सामग्री वितरण गरेको संस्थाले जनाको छ ।

कर्मालय फाण्डेशनले बिकट क्षेत्रमा स्वास्थ्य, शिक्षा तथा वातावरणको क्षेत्रमा काम गर्दै आएको फाउण्डेशनका अध्यक्ष भगवान कार्कीले जानकारी दिनु भयो ।
यो अभियानमा साथ दिने स्वदेशी तथा विदेशी मित्र तथा पाहुनाहरु प्रति अध्यक्ष कार्कीले आभार प्रकट गरे ।


© 2026 All right reserved to arthanepal.com | Site By : Sobij