सुनसरी- सुनसरीको दुहवी नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका बेदनारायण गच्छदार विजयी भएका छन्। उनी ११९१६ मत ल्याएर विजयी भएका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विनयकुमार पोखरेलले ११४६१ मत प्राप्त गरेका छन्। उपमेयरमा पनि कांग्रेसकै मेनुका पोखरेल निर्वाचित भएकी छन्। उनले ११४३० मत ल्याएकी छन्।
उनका प्रतिस्पर्धी जनता समाजवादी पार्टीका सरोजकुमार सिंहलले ५०८० मत प्राप्त गरेका छन्। यसअघिको निर्वाचनमा गच्छदार नै विजयी भएका थिए। त्यो बेला उनी विजय कुमार गच्छदारको मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) पार्टीमा थिए। उक्त पार्टी पछि कांग्रेसमा विलय भएको थियो।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij