२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

भरतपुरमा रेनु दाहाल मतान्तर बढाउँदै

भरतपुरमा रेनु दाहाल मतान्तर बढाउँदै

2.8K
Shares

चितवन -स्थानीय तह निर्वाचनअन्तर्गत चितवनको भरतपुर महानगरपालिकामा मतगणना जारी छ । अहिलेसम्म ४१ हजार ४१४ मत गनिएको छ ।
प्रमुख पदमा सत्ता गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)की उमेदवार रेनु दाहालको अग्रता बढिरहेको छ । पछिल्लो गणनाअनुसार दाहालले १५ हजार ७४७ मत पाएकी छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उमेदवार विजय सुवेदीले १२ हजार ६१९ मत ल्याएका छन् । उनीहरूबीचको मतान्तर ती हजार १२८ छ ।

स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले ६ हजार ५१३ मत पाएका छन् । उपप्रमुखमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उमेदवार चित्रसेन अधिकारीको अग्रता कायमै छ । उनले १८ हजार २४० मत पाएका छन् । एमालेसँग चुनावी तालमेल गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उमेदवार हिमला गुरुङले १० हजार १६३ मत ल्याएकी छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij