२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

जीतपुर सिमरा उपमहानगरको मेयरमा मा‌ओवादी केन्द्रका राजन पौडेल विजयी

जीतपुर सिमरा उपमहानगरको मेयरमा मा‌ओवादी केन्द्रका राजन पौडेल विजयी

2.4K
Shares

काठमाडौँ — बाराको जीतपुर सिमरा उपमहानगरपालिका मेयरमा नेपाल माओवादी केन्द्रका राजन पौडेल र उपमेयरमा नेकपा एमालेका भोलाप्रसाद अधिकारी विजयी भएका छन् ।
पौडेलले १८ हजार ७ सय ४३ मत प्राप्त गरेका छन् । उनको निकटतम प्रतिद्वन्द्वी एमालेकी सरस्वतीदेवी चौधरीले १७ हजार ७ सय ७१ मत प्राप्त गरेकी छन् ।

उपमेयरतर्फ एमालेका अधिकारीले १७ हजार ४ सय ९२ मत प्राप्त गरेका छन् । अधिकारीको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी मेघा शाही रहिन । उनले १५ हजार ८ सय ४२ मत प्राप्त गरेकी हुन् । सो उपमहानगरपालिकामा पाँच दलीय गठबन्धन रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij