२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

भरतपुरमा फराकिलो मतान्तर बनाउँदै रेनु

भरतपुरमा फराकिलो मतान्तर बनाउँदै रेनु

2.6K
Shares

चितवन – स्थानीय तह निर्वाचनअन्तर्गत चितवनको भरतपुर महानगरपालिकामा मतगणना जारी छ । अहिलेसम्म २८ हजार ६४३ मतगणना गरिएको छ ।
पछिल्लो मतगणनाअनुसार प्रमुख पदमा सत्ता गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)की उमेदवार रेनु दाहाल निरन्तर अगाडि छिन् । उनले १० हजार ४४९ मत पाएकी छन् । नेकपा (एमाले)का उमेदवार विजयी सुवेदीले आठ हजार ५९७ मत ल्याएका छन् । उनीहरूबीचको मतान्तर एक हजार ८५२ छ ।

यस्तै, स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले चार ६९६ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका नेता पौडेल पार्टीले टिकट नदिएपछि भुइँकटहर चुनाव चिह्न लिएर प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij