काठमाडौं- काठमाडौंको टोखा नगरपालिकाको मेयरमा नेकपा एमालेका प्रकाश अधिकारी विजयी भएका छन्। उनि यसअघि पनि मेयर रहेका थिए ।
नेपाली कांग्रेसकी मेयर उम्मेदवार रजनी थापालाई १ सय ७४ मतले हराउँदै अधिकारी निर्वाचित भएका हुन्।
अधिकारीले १० हजार ३४० मत प्राप्त गर्दै मेयर पदमा विजयी भएका हुन् । कांग्रेसकी थापाले १० हजार १६६ मत ल्याइन् ।
मतगणनाको शुरूवाती चरणदेखि नै अधिकारी र थापाबीच कडा प्रतिष्पर्धा चलिरहेको थियो ।
यस्तै उपप्रमुखमा कांग्रेसका मुरारी तामाङ १० हजार १३२ मतका साथ विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी ज्ञानमाया डंगोलले ९५१८ मत प्राप्त गरिन्।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij