२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

गल्याङ नगरपालिकाको मेयरमा कांग्रेस उम्मेदवार विजयी

गल्याङ नगरपालिकाको मेयरमा कांग्रेस उम्मेदवार विजयी

2.4K
Shares

वालिङ – स्याङ्जाको गल्याङ नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । २०७४ सालको निर्वाचनमा नेकपा एमाले विजयी भएको यो पालिकामा कांग्रेसका गुरुप्रसाद भट्टराई ७६७ मतान्तरले निर्वाचित भएका हुन् । भट्टराईले ९ हजार ६२९ मत ल्याउँदा उनका प्रत्यासी एमालेका सूर्यप्रसाद गैरे ‘पारस’ले ८ हजार ९२२ मत प्राप्त गरे । भट्टराई कांग्रेस स्याङ्जाका सचिव समेत हुन् ।

यसैगरी गल्याङको उपमेयरमा कांग्रेसकै हेमा न्यौपाने निर्वाचित भएकी छन् । उनले एमालेकी देवीसरा थापालाई ८८ मतले पराजित गरिन् । न्यौपानेले ९ हजार ११८ मत ल्याउँदा थापाले ९ हजार ५५ मत ल्याइन् ।

गल्याङ नगरपालिकाको वडा नम्बर १, २, ३, ४, ६ र १० मा कांग्रेस, २, ७, ८ र ११ मा एमाले तथा वडा नम्बर ५ मा माओवादी केन्द्रका उम्मेदवार वडाध्यक्षमा विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij