२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

हुम्लाको नाम्खा गाउँपालिका अध्यक्षमा माओवादी केन्द्र विजयी

हुम्लाको नाम्खा गाउँपालिका अध्यक्षमा माओवादी केन्द्र विजयी

2.4K
Shares

काठमाडौं – हुम्लाको नाम्खा गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्र र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । अध्यक्षमा मावादीका प्रेमबहादुर लामा विजयी भएका छन् । लामाले १४६६ मत ल्याए । उनका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सूर्यबहादुर लामाले ६६२ मत ल्याए ।

यस्तै उपाध्यक्षमा कांग्रेसका तक्दीर लामा विजयी भएका छन् । उनलले १०९४ मत ल्याए । उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार ५६५ मत ल्याए भने एमालेका नुरजङ तामाङले ४८२ मत ल्याए ।

यो गाउँपालिकाको वडानम्बर २, ३ र ६ मा स्वतन्त्र, १ र ४ मा एमाले र पाँचमा कांग्रेस विजयी भएका छन् । ६ नम्बरका अध्यक्ष यसअघि नै निर्विरोध निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij