काठमाडौं – काठमाडौंको टोखा नगरपालिका वडा नम्बर ४ को वडा अध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार धर्मेन्द्र श्रेष्ठ निर्वाचित भएका छन् ।
श्रेष्ठ ६९२ मतसहित दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अमृत मान श्रेष्ठले ३७३ मत ल्याएका छन् ।
दलित र मिहला सदस्यमा एमालेका उम्मेदवारहरू निर्वाचित खुला वडा सदस्यमा काँग्रेसका उम्मेदवारहरू निर्वाचित भएका छन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij