काठमाडौं – तेह्रथुम जिल्लाको आठराई गाउँपालिकाले कांग्रेसले जितेको छ । केही बेरअघि आएको अन्तिम मतपरिणामअनुसार कांग्रेसका दिलकुमार पाहीमले एमालेलाई हराएका हुन् । गठबन्धनको सहयोगमा उनले जितेका हुन् ।
जिल्ला निर्वाचन अयोगको तथ्यांकअनुसार कांग्रेसका दिलकुमार पाहिमले ४ हजार ६९२ मतका साथ निर्वाचन जितेका हुन् । उनका प्रतिस्पर्र्धी एमालेका रामचन्द्र थपलियाले ४ हजार ८ मत प्राप्त गरे । तेस्रो बनेको जसपाका ज्ञानेन्द्र कन्दङवाले ४० मत प्राप्त गरे ।
उपाध्यक्षमा गठबन्धनको तर्फबाट माओवादीका बली राज इङनाम विजयी भए । उनले ४ हजार ८० मत प्राप्त गरे । एमालेकी रूपादेवी कन्दङवाले ४ हजार ७० मत प्राप्त गरिन् ।
७ वडामध्ये एमालेले १, ५ र ७ जित्दा बाँकी रहेका वडा कांग्रेसले जित्यो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij