काठमाडौं – अभिनेता राज घिमिरे (सानु राजा घिमिरे) गोदावरी नगरपालिका वडा नं ३ को अध्यक्षमा विजयी भएका छन् । नेकपा माओवादी केन्द्रबाट अध्यक्ष उम्मेदवार बनेका उनी १०५९ मत सहित विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्धोन्दी नेकपाका राम आचार्यले १०४९ मत प्राप्त गरेका छन् । घिमिरे अघिल्लो स्थानीय निर्वाचनमा यसै वडाबाट माओवादी केन्द्रको तर्फबाट वडा अध्यक्ष उम्मेदवारमै पराजित भएका थिए । उनी पछिल्लो समय समाजसेवामा सक्रिय छन् । फिल्म ‘चपली हाइट’ बाट अभिनेताको रुपमा चिनिएका थिए ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij