२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

त्रिविले आइतबार बिदा नदिने

त्रिविले आइतबार बिदा नदिने

2.5K
Shares

काठमाडौं- त्रिभुवन विश्वविद्यालयले शैक्षिक संस्थाहरुमा पनि शनिबार र आइतबार बिदा दिने सरकारको निर्णय कार्यान्वयन नगर्ने भएको छ । कोभिडका असरका कारणले शैक्षिक पात्रो ढिलो भएको र पठनपाठन र परीक्षाका तालिकाहरू पहिले नै निर्धारण भइसकेको लगायत कारण देखाउँदै हप्तामा दुई दिन बिदा नदिने त्रिविले बताएको हो ।

विश्वविद्यालयले आज एक सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मको लागि साबिकबमोजिम नै आइतबार समेत विश्वविद्यालयमा पढाइ सञ्चालन हुने जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij