२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

गोरखाको अजिरकोट गाउँपालिकामा माओवादीका देवकोटा निर्वाचित

गोरखाको अजिरकोट गाउँपालिकामा माओवादीका देवकोटा निर्वाचित

1.4K
Shares

काठमाडौं – गोरखाको अजिरकोट गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष माओवादी केन्द्रले जितेको छ । पालिका अध्यक्षमा माओवादी केन्द्रका दीपक देवकोटा ३,७८७ मतसहित निवार्चित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका गोविन्द बहादुर गुरुङले ३२८९ मत प्राप्त गरे ।

उपाध्यक्षमा पनि माओवादी केन्द्रकै अनिता भुजेलले ३,५३२ मत ल्याएर निवार्चित हुँदा नेपाली कांग्रेसकी इन्द्र गुरुङले ३३६१ मत प्राप्त गरेका छन् ।
वडा नंम्बर १ मा ओओवादी केन्द्रका मनोज गुरुङ ४६४ मतसहित निर्वाचित हुँदा वडा नम्बर २ मा पनि माओवादीकै कृष्णबहादुर गुरुङ ६६८ मतसहित निवार्चित भएका छन् । वडा नम्बर ३ मा पनि माओवादीका बाबुराम अधिकारी ९५२ मत ल्याएर निर्वाचित भए ।

वडा नम्बर ४ मा भने नेपाली कांग्रेसका जंगबहादुर गुरुङ १,०२२ मत ल्याएएर निर्वाचित भएका छन् । वडा नम्बर ५ मा पनि कांग्रेसका विर्खध्वज गुरुङ ८५६ मतसहित निर्वाचित भएका छन् । अध्यक्षमा दीपक देवकोटा र उपाध्यक्षमा अनिता भुजेल निर्वाचित भएका हुन् । देवकोटाले ३,७८७ मत ल्याएको निर्वाचन अधिकृत कमलराज भण्डारीले बताए ।

उनका प्रत्यासी उमेदवार नेपाली कांग्रेसका गोविन्द गुरुङले ३,२८९ मत ल्याएका छन् । उपाध्यक्षमा विजयी बनेकी भुजेलले ३,५३२ मत ल्याएकी छन् । उनका प्रतिद्धन्दी नेपाली कांग्रेसकी उमेदवार इन्द्र गुरुङले ३,३६१ मत ल्याएकी छन् । कुल पाँचवटा वडा रहेको उक्त पालिकामा तीनवटा माओवादी केन्द्रले र बाँकी दुईवटा कांग्रेसले जितेको हो । वडा नम्वर १,२,३ मा माओवादी केन्द्र र ४, ५ मा कांग्रेस विजयी भएको निर्वाचन अधिकृत भण्डारीले बताए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij