२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

रुकुमपूर्वको पुथाउत्तरगंगा–२ मा माओवादीको प्यानल विजयी

रुकुमपूर्वको पुथाउत्तरगंगा–२ मा माओवादीको प्यानल विजयी

2.4K
Shares

रुकुमपूर्व -रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर २ मा पनि नेकपा माओवादी केन्द्रको प्यानलै विजयी भएको छ । यस वडाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका जसबहादुर श्रीपाली विजयी भएका हुन् । उनले एमाले–कांग्रेस गठबन्धनका उम्मेदवार कर्णबहादुर बुढालाई पछि पार्दै २३४ मत ल्याएर विजयी हासिल गरेका हुन् । कर्णबहादुरले १८९ मत पाएका छन् ।

माओवादी केन्द्रबाटै २३९ मत ल्याएर दलित महिला सदस्यमा मायाधन कामी, २४३ मत ल्याएर औसी बुढा महिला सदस्यमा, २३४ मत ल्याएर मनिराम मुन र २३६ मत ल्याएर खाल पुन खुला सदस्यमा विजयी भएका छन् ।
२ नम्बर वडामा कुल ४९२ मतदाता रहेकोमा ४२४ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij