काठमाडौं- माओवादीले डोल्पाबाट स्थानीय तहमा खाता खोलेको छ । डोल्पाको जगदुल्ला गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।
माओवादी केन्द्रका नारासिंह रोकायले ७७० मत पाएर विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका हेमबहादुर महताराले ७४६ मत ल्याएका छन् । उपाध्यक्षमा पनि माओवादी केन्द्रकी अमरिता बोहोरा विजयी भएकी छन् । उनले ७५९ मत ल्याइन् भने प्रतिद्वन्द्वी एमालेकी चन्द्रावतिथापाले ७४९ मत पाएकी छन् ।
६ वडा रहेको पालिकामा २ वटा वडामा माओवादी, ३ वटामा एमाले र एउटा वडामा कांग्रेस विजयी भएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij