काठमाडौं – टोखा नगरपालिकामा मेयर र उपमेयरमा एमाले उम्मेदवारले अग्रता लिएका छन । नेकपा एमालेबाट मेयरका उम्मेदवार प्रकाश अधिकारीले ८ सय२४ मत प्राप्त गरेका छन भने नेपाली कांग्रेसकी रजनी थापाले ७ सय ३७ मत प्राप्त गरेका छन । अधिकारी थापा भन्दा १ सय ३५ मतले अघि छन । त्यसैगरी उपमेयरमा एमालेकी ज्ञानमाया डंगोलले ७ सय ३१ मत प्राप्त गर्दा कांग्रेसका मुरारी तामाङले ५ सय ३७ मत प्राप्त गरेका छन । डंगोलले १ सय ९४ मतले अग्रता लिएकी छिन ।
माओवादी केन्द्रका मेयरका उम्मेदवार शेखर श्रेष्ठले १ सय ५७ मत प्राप्त गरेका छन । अहिले वार्ड नं १ र २ को मत गणना जारी छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij