२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

शिवपुरीमा १४ हजार ८९ मत खस्यो

शिवपुरीमा १४ हजार ८९ मत खस्यो

2.7K
Shares

शिवपुरी -स्थानीय तह निर्वाचनमा नुवाकोटको शिवपुरी गाउँपालिकामा १४ हजार ८९ मत खसेको छ ।  शिवपुरी गाउँपालिकामा जम्मा मतदाता २० हजार ४ सय ८१ थिए । ति मध्ये ६८ दशमलब ७९ प्रतिशत मत खसेको छ ।
निर्वाचन अधिकृत खरुदेव चुडालका अनुसार वडा नं. १ मा २ हजार ९१, वडा नं. २ मा १ हजार ३ सय ७७, वडा नं. ३ मा १ हजार ५ सय ८५ मत खसेको छ ।  त्यस्तै वडा नं. ४ मा १ हजार १ सय १०, वडा नं. ५ मा २ हजार ३ सय ६४, वडा नं. ६ मा १ हजार ९ सय २२, वडा नं. ७ मा १ हजार ६ सय ९५ र वडा नं. ८ मा १ हजार ९ सय ४५ मत खसेको छ ।
सबै मतदान केन्द्रहरुमा शान्तिपूर्ण तवरले मतदान सकिएको निर्वाचन अधिकृत खरुदेव चुडालले बताए । मतपेटिका ल्याउने क्रममा वडा नं. ३ मा सामान्य तनाव सिर्जना भएको थियो । अन्यत्र भने शान्तिपूर्ण रह्यो ।  शिवपुरी गाउँपालिकाको मतगणना कार्य पनि सुरु भइसकेको छ । वडा नं. १ बाट मतगणना कार्य सुरु गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij