२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मुस्ताङ लोघेकर दामोदरकुण्ड अध्यक्षमा एमाले विजयी

मुस्ताङ लोघेकर दामोदरकुण्ड अध्यक्षमा एमाले विजयी

1.6K
Shares

काठमाडौं – मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकामा अध्यक्षमा पुनः नेकपा एमालेका लोप्साङ छोम्पेल विष्ट विजयी भएका छन् । ६८९ महितसहित विष्ट अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्ष विष्ट दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी)का देवबहादुर गुरुङले १८५ मत पाए । उपाध्यक्षमा पनि एमालेकै उम्मेदवार छिरिङ ल्हामो गुरुङ विजयी भएका छन् । उपाध्यक्ष निर्वाचित गुरुङले ६४१ मत पाइन् ।
उनकी प्रतिद्वन्द्वी उपाध्यक्षमा नेपाली कांग्रेसकी लक्ष्मी गुरुङले २२५ मत पाएकी छिन् । लोघेकर दामोदरकुण्डमा ९८० मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij