२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

रेसुङ्गा नगरपालिका २ र ३ को वडाअध्यक्षमा कांग्रेस विजयी

रेसुङ्गा नगरपालिका २ र ३ को वडाअध्यक्षमा कांग्रेस विजयी

2.7K
Shares

गुल्मी – गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकामा वडानम्बर-२ र ३ को वडाअध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । वडानम्बर-२ मा नेपाली कांग्रेसका हिराबहादुर थापा निर्वाचित भएका छन् । थापाले ४८२ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका हिमाल कुँवरले ३९० मत ल्याएर पराजित भएका छन् ।

त्यस्तै नगरको वडानम्बर-३ मा नेपाली कांग्रेसका बाबुराम खत्री वडाअध्यक्षमा निर्वाचित भएका छन् । खत्रीले ५९० मत ल्याएका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका मानबहादुर घर्तीले ५४८ मत ल्याएर पराजित भएका छन् । दुवै वडामा ०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारहरु विजयी भएका थिए ।

नरपालिकाको मेयरमा पनि नेपाली कांग्रेसकै अग्रता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij