काठमाडौं – निर्वाचन आयोगले जसपा संघीय परिषद्का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई स्पष्टीकरण सोधेको छ । भट्टराईले मतसंकेत गरेको सार्वजनिक गरेको भन्दै स्पष्टीकरण सोधिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । उनलाई २४ घण्टाभित्र जवाफ पेस गर्न भनिएको छ ।
स्थानीय तह निर्वाचनअन्तर्गत भट्टराईले आज मतदानपछि मतदान गरेको फोटो सार्वजनिक गरेका थिए ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij