काठमाडौं -कर्मचारी सञ्चय कोषले काठमाडौंको सुन्धारामा रहेको सिटिसी मल लिलाम हुने भएको छ । कोषले सोमबार सूचना जारी गर्दै सिभिल इस्टेट्स प्रालिले कोषबाट लिएको ऋण नतिरेकाले लिलामी गर्न लागिएको जनाएको हो ।
उक्त मलमा घरजग्गा व्यवसायी इच्छाराज तामाङको लगानी छ । कोषले ऋणको साँवा–ब्याज चुक्ता नगरेको भन्दै सिभिल इस्टेट्स प्रालि, त्यसका सञ्चालक तामाङ, उनका ससुरा केशवलाल र प्रवीण मुखियाको नाममा ३५ दिने सूचना जारी गरेको हो । उनीहरुले ऋण निकाल्दा त्यहाँको ६ रोपनी जग्गा र त्यसमा निर्माण भएका १३२ इकाइ पसलहरू धितोमा राखिएको थियो ।
कोषले जारी गरेको सूचना अनुसार आजदेखि ३५ दिनभित्र लिलामीमा बोल कबोल गर्न सकिने छ । ८२ हजार ९५ वर्ग फिट क्षेत्रफलमा रहेका १३२ पसल लिलामी गरिने भएको हो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij