२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मंगलबारदेखि मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक

मंगलबारदेखि मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक

2.3K
Shares

काठमाडौं – काठमाडौंमा मंगलबारदेखि मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक लगाइने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आइतबार एक सूचना जारी गर्दै मंगलबारदेखि मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवन कार्यमा रोक लगाउने जनाएको हो ।

सूचनामा भनिएको छ–स्थानीय तह निर्वाचन निर्देशिका २०७३ को दफा ७१ (मादक पदार्थ निषेध गर्ने)मा भएको व्यवस्थाको प्रभावकारी कार्यान्वयनको लागि यहि बैशाख २७ गते मंगलरबार राती १२ बजेदेखि मतदान कार्य सम्पन्न नभएसम्मका लागि मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवन कार्य नगर्नु नगराउनु हुन अनुरोध छ ।

त्यस्तै, मतदनाको दिन अत्यावश्यक सेवामा सञ्चालित र अनुमति लिएका सवारी साधनहरु बोहकका सवारी साधनहरु बिहान ६ बजेदेखि मतदान कार्य सम्पन्न नभएसम्म सञ्चालन नगर्न नगराउन समेत जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना मार्फत जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij