२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

श्रीलंकामा पुनः संकटकाल लागू

श्रीलंकामा पुनः संकटकाल लागू

3.2K
Shares
{"caption":"u092cu093fu0939u0940u092cu093eu0930 u0930u093eu0924u093f u0930u093eu0937u094du091fu094du0930u092au0924u093f u0928u093fu0935u093eu0938u092cu093eu0939u093fu0930 u0917u0930u093fu090fu0915u094b u092au094du0930u0926u0930u094du0936u0928 u0964 u0924u0938u094du092cu093fu0930 : u0930u094bu092fu091fu0930u094du0938","photographer":"","alt_text":""}

एजेन्सी – श्रीलंकामा पुन: संकटकाल घोषणा गरिएको छ। श्रीलंकाका राष्ट्रपति गोटाबाय राजापाक्षेले ५ सातापछि फेरि संकटकाल घोषणा गरेका हुन्। सरकारविरोधी प्रदर्शनहरू चर्किरहेका बेला राजापाक्षेले संकटकालको घोषणा गरेका हुन्। सार्वजनिक व्यवस्था सुनिश्चित गर्न राष्ट्रपतिले कडा कानुनको आह्वान गरेको उनका प्रवक्ताले जानकारी दिए।

देशको आर्थिक संकटलाई लिएर शुक्रबार विभिन्न ट्रेड युनियनले राष्ट्रपतिको राजीनामा माग गर्दै देशव्यापी हड्ताल गरेका थिए। स्वतन्त्रतापछि श्रीलंका सबैभन्दा ठूदो आर्थिक संकटबाट गुज्रिरहेको छ । श्रीलंकामा पछिल्लो समय खाद्यान्न र इन्धनको चरम अभाव भएको छ । त्यस्तै दैनिक उपभोग्य वस्तुको भाउ अकासिएको छ ।
लामो लोडसेडिङ, खाद्यान्न, इन्धन र औषधिको तीब्र अभावले २ करोड २० लाख जनसंख्या भएको श्रीलंकामा व्यापक पीडा निम्त्याएको छ। कोरोना महामारीसँगै श्रीलंकाली अर्थतन्त्र धराशयी भएको बताइएको छ । कोरोनासँगै श्रील‌ंकाली अर्थतन्त्रको बलियो आधारका रूपमा रहेको पर्यटन उद्योग ठप्प भएको थियो। श्रीलंकाले सन् २०२० को मार्चमा विदेशी मुद्रा बचाउन भन्दै आयातमा प्रतिबन्ध लगाएको थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij