२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नबिल बैंकलाई नेश्नल एचआर एक्सेलेन्स अवार्ड

नबिल बैंकलाई नेश्नल एचआर एक्सेलेन्स अवार्ड

2.7K
Shares

काठमाडौं – नबिल बैंकले नेश्नल एचआर एक्सेलेन्स अवार्ड प्राप्त गरेको छ । ग्रोथ सेलरले नबिल बैंकलाई सो अवार्ड प्रदान गरेको हो । कम्पनीको एचआर मिट २०२२ अन्तर्गत यो अवार्ड नबिल बैंकले प्राप्त गरेको हो भने ग्रोथ सेलर मानव संसाधनमा परामर्श गर्ने कम्पनी हो ।

बैंकभित्र रहेको मानव संसाधनलाई बैंकले सन्तुष्ट हुने गरी व्यापक सदुपयोग गरी काममा सहजता ल्याएको कारण अवार्ड प्रदान गरेको कम्पनीले जनाएको छ । कर्मचारीहरूको बैकप्रतिको अनुभवको उत्कृष्टताको आधारमा कम्पनीले बैंकलाई अवार्ड प्रदान गरेको ग्रोथ सेलरले जानकारी दिएको छ ।

उक्त अवार्ड नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह, नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनय कुमार रेग्मी, प्रमुख मानव संशाधन अधिकृत रोशन कोइरालालगायत मानव संसाधन विभागका कर्मचारीहरूले ग्रहण गरेका थिए ।

नबिल बैंकको १४८ शाखा, १८८ एटीएम, १५०० भन्दा बढी नबिल रेमिट एजेन्ट रहेको नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा नविनतम् सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको ईतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij