काठमाडौं– बैंक अफ काठमाण्डूको पोखरा महानगरपालिका वडा नं. ३०, पावरहाउस चोकस्थित पावरहाउस शाखाको शुक्रबार एक समारोहबीच लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेय तथा बैंकका सञ्चालक मोहना लोहनीबाट संयुक्त रुपमा औपचारिक उद्घाटन भएको हो।
उक्त औपचारिक कार्यक्रममा बैंकका सञ्चालक मोहना लोहनीले ग्राहकहरूको उच्चतम लाभलाई मध्यनजर गर्दै समय सुहाउँदो आवश्यक प्रविधिगत सेवाहरू उपलब्ध गराई उत्कृष्ट बैंकिङ सेवा उपलब्ध गराउँदै जानेमा बैंक प्रतिबद्ध रहेको जानकारी दिए।
साथै, गण्डकी प्रदेशमा थप शाखा कार्यालयहरू पनि चाँडै सञ्चालनमा ल्याउने योजना बैंकको रहेको जानकारी दिए।उक्त कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयले बैंकलाई पावरहाउस क्षेत्रमा स्वागत गर्नुको साथै स्थानीय उद्योग व्यवसाय क्षेत्र तथा स्थानीय सर्व-साधारणहरूको आवश्यकतालाई ध्यानमा राखेर बैंकले सेवा प्रदान गर्ने विश्वास लेखनाथ उद्योग वाणिज्य संघले लिएको जानकारी दिए।
बैंकको अगामी दिनहरूमा सम्भावित क्षेत्रमा आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा उपलब्ध गराउने अभिप्रायले थप शाखाहरू सञ्चालन गर्ने योजना अगाडि रहेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij