२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

हिमालयन हाइड्रोको आईपीओ वैशाख २५ गतेदेखि जारी हुने

हिमालयन हाइड्रोको आईपीओ वैशाख २५ गतेदेखि जारी हुने

3.3K
Shares

काठमाडौं –हिमालयन हाइड्रोपावरले आगामी वैशाख २५ गतेदेखि प्राथमिक सेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दालाई जारी पुँजीको ८.२२ प्रतिशत अर्थात ९ लाख कित्ता सेयर निष्कासन गर्न लागेको हो ।

आयोजना प्रभावित स्थानीयले प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । कम्पनीले आयोजना प्रभावित कास्की जिल्लाको मादी गाउँपालिका वडा नं १ अर्थात् साविकको पाचें गाविसको सबै वडाहरू, मादी गाउँपालिकाको वडा नं २ अर्थात् साविकको नामार्जुन गाविसका सम्पूर्ण वडाका स्थानीय बासिन्दालाई आईपीओ जारी गर्न लागेको हो । यस्तै, मादी गाउँपालिका वडा नं ३ र ४ अर्थात् साविकको थुमाकोडाँडा गाविसका सम्पूर्ण वडाहरू र मादी गाउँपालिकाका वडा नं. ६ र ७ (साविकको सिल्दुजुरे गाविसका सम्पूर्ण वडाका) स्थानीय बासिन्दाहरुले समेत कम्पनीको आईपीओका लागि आवेदन दिन सक्नेछन् ।

आयोजना प्रभावितहरुलाई निष्कासन गरिएका सबै सेयर बिक्री नभएमा बाँकी रहेको सेयर सर्वसाधारणलाई थप गरी बिक्री खुला गरिने कम्पनीले जनाएको छ । आईपीओको आवेदन छिटोमा जेठ ८ गतेसम्म र ढिलोमा जेठ २३ गतेसम्म दिन सकिने कम्पनीले जनाएको छ । आईपीओ बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij