काठमाडौं– टोखा नगरपालिका वडा नं. ४ मा राप्रपाबाट वडा अध्यक्षका उम्मेदवार बनेका सुर्दशन थापाले आफ्नो सङ्कल्प पत्र सार्वजनिक सार्वजनिक गरेका छन् ।
आज वडा अध्यक्षका उम्मेदवार थापासहित अन्य सदस्यहरुले फैमालचुलि मन्दिर प्राङ्गणमा भष्ट्रचार नगर्ने कमस समेत खाएका छन् । संकल्प सार्वजनिक कार्यक्रममा राप्रपाका नेताकार्यकर्ताका साथै स्थानियको उपस्थिति रहेको थियो । पाँच पृष्टको संकल्प पत्रमा बालबालिकादेखी जेष्ठ नागरिकहरुसम्मको लागि के–के गर्ने उल्लेख गरेका छन् । साथै वडामा शिक्षा, स्वास्थ्य, सडक, सुरक्षा लगाएका विषयमा पनि आफ्नो योजना सार्वजनिक गरेका छन् ।
सामाजिक काममा सक्रिय थापा आफु र आफ्नो टिम जित्नमा ढुक्क रहेको बताए । वडा अध्यक्षका उम्मेदवार थापाले गर्न सक्ने कामहरु मात्र राखेको स्पष्ट पारे । झुटा र भ्रमका कुनै योजना नरहेको स्पष्ट पारे ।








© 2026 All right reserved to arthanepal.com | Site By : Sobij