२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

फोनपेको सिइओमा सापकोटा नियुक्त

फोनपेको सिइओमा सापकोटा नियुक्त

2.7K
Shares

काठमाडौं – भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्भिसको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा दिवस सापकोटा नियुक्त भएका छन्। फोनपेको सञ्चालक समितिले बुधबारदेखि लागु हुने गरी सापकोटालाई सिइओको रुपमा नियुक्त गरेको हो। यसभन्दा अघि सापकोटा फोनपेमै सहायक सिइओका रुपमा कार्यरत थिए।

सापकोटाले फोनपेमा सुरूमा प्रमुख टेक्नोलोजी अफिसरका रुपमा काम काम थालेका हुन्। उनी यसअघि नेपाल क्लियरिङ हाउसमा आबद्ध थिए। एभरेष्ट बैंकबाट आफ्नो करिअर सुरू गरेका उनीसँग डिजिटल भुक्तानी र आइटी क्षेत्रमा १५ वर्ष भन्दा लामो अनुभव छ। आइटीदेखि व्यवस्थापनमा भएको उनको अनुभव तथा विज्ञताले फोनपेलाई थप धेरै उचाइमा पुर्‍याउने विश्वास कम्पनीले लिइएको छ।

फोनपे नेटवर्कमा आबद्ध कुनै पनि बैंक तथा वित्तीय संस्था, विभिन्न भुक्तानी सेवा प्रदायकका मोबाइल एपबाट सहजै क्युआर मार्फत भुक्तानी गर्न सकिन्छ। साथै, फोनेमार्फत अन्तर बैंक फन्ड ट्रान्स्फर, हब पेमेन्ट लगायतका कारोबार गर्न सकिन्छ। फोनपे पेमेन्ट सर्भिस लिमिटेड नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त नेपालको अग्रणी र प्रतिष्ठित भुक्तानी प्रणाली सञ्चालक हो। फोनपे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा सेवा प्रदायक आबद्ध छन्।

यस्तै, फोनपेमा हालसम्म ६ लाख ७० हजार भन्दा बढि मर्चेन्ट रहेका छन्। एक करोड ४० लाख भन्दा धेरै मोबाइल बैकिङ प्रयोगकर्ता तथा भुक्तानी सेवा प्रदायकका मोबाइल एपमार्फत फोनपेले सेवा पुर्‍याउँदै छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij