पाल्पा– पाल्पा जिल्लाको रिब्दिकोट गाउँपालीका वडा नम्बर २ देउराली को अध्यक्ष पदमा नेपाली कांग्रेसबाट समाजसेवी ओम प्रसाद पोखरेल चुनावी मैदानमा उत्रिएका छन् । स्थानिय तहमा लोकप्रिय रहेका पोखरेल सुशासन र सम्वृद्ध वडा बनाउने लक्ष्यका साथ उम्मेदवार बनेको बताए । पोखरेल नेपाली कांग्रेस पाल्पाको पुर्व जिल्ला सदस्य हुन भने घरबहाल सरोकार महासँघको संस्थापक केन्द्रिय वरिष्ठ उपाध्यक्ष समेत रहेका उनी अहिले नेपाली कांग्रेस पाल्पा रिब्दिकोट गाउँपालीका वडा नं २ सभापति समेत हुन । उनले नेपाल विद्यार्थी संघबाट आफ्नो राजनीतिक यात्रा थालेका थिए ।
उनी विभिन्न सामाजिक संघ सस्थामा आवद्ध भएर सामाजिक काममा सक्रिय रहेका छन् । जस्तो सुकै कठिन परिस्थितिको डटेर सामना गर्न सक्ने साहसी नेतृत्वदायी क्षमता उनमा रहेको स्थानियहरु बताउँछन् ।
जनप्रेमी नेताको छवि बनाएका उनी बौद्धिक एंव बिकासप्रेमी नेता रहेको मतदाताहरु बताउँछन् । कांग्रेसले सहि उम्मेदवार छानेको स्थानियको भनाइ छ ।
उनको नेतृत्वमा वडाले धेरै विकास गर्ने अपेच्क्षा मतदातामा रहेको छ । विश्वसनीयता र इमानदारीका साथ जनताको सेवा गर्ने पोखरेल बताउँछन् । उनी भन्छन् – सबैको भावना समेटेर बैज्ञानिक कृषिलाई प्राथमिकता राख्दै वडाको विकासमा लाग्छु ।सुशासनलाई आत्मसाथै गर्दै वडाबासीलाई कहिले पछुतो हुन नदिने प्रतिबद्धता पोखरेलको छ । मतदातालाई सेवा गर्ने मौका दिन पनि उनी आगह गर्छन् ।
२०५४ सालमा २८ बर्षको युवा अबस्थामा नै पाल्पा जिल्लाको साबिक छ्हरा गाबिसको उपाध्यक्षको उम्मेदवार भइ झिनो मतले पराजित भए पनि जनताको मन जितेका थिए। त्यसपछि काठमाडौंको बसाईमा पाल्पा– काठमाडौं सम्पर्क समितिको कोषाध्यक्ष पदमा रहि संगठन बनाउन ठुलो भुमिका खेलेका थिए ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij