२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

वन अधिकृतसहित ६ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर

वन अधिकृतसहित ६ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर

4K
Shares

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुगुका वन अधिकृतसहित ६ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ। आयोगले सोमबार डिभिजन वन कार्यालय मुगुमा कार्यरत वन अधिकृत भरत बहादुर वुढथापा, सव इन्जिनियर तथा निर्माण उपभोक्ता समितिका अध्यक्षसहित ६ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको भन्दै आरोप पत्र दायर गरेको हो ।

आयोगका अनुसार वन अधिकृत भरतबहादुर बुढा थापा, सब इन्जिनियर गोरसिंह बढुवाल, डिभिजन वन कार्यालय, मुगुमा तत्कालीन कार्यरत असिस्टेन्ट सब(इन्जिनियर (सब ओभरसियर) रवीन्द्र शाही, निर्माण उपभोक्ता समितिका अध्यक्ष बाँस्तोला शाही, सचिव विसु नेपाली र कोषाध्यक्ष हरिबहादुर शाहीविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको हो।

सोरू गाउँपालिका १ जवलधारास्थित काछदेखि छोटासम्म पदमार्ग निर्माण गर्दा उपभोक्ता समिति र प्राविधिकको मिलेमतोमा हुँदै नभएको कामको बढी मूल्यांकन गरी झूटा बिल बनाएर योजनाको विनियोजित रकम पूरै भुक्तानी दिएर सरकारी रकम हिनामिना गरेको भन्ने उजुरी परेको थियो। जसमा अनुसन्धान हुँदा काछदेखि छोटासम्मको पर्यटक पदमार्ग निर्माण गर्न डिभिजन वन कार्यालय, मुगुबाट आर्थिक वर्ष २०७५ ०७६ मा रकम विनियोजन गरेको थियो।

उनीहरुले भएको कामभन्दा बढी परिमाण उल्लेख गरी नापी किताब, भुक्तानी बिल तयार गरी, फिल्डमा कार्य नगरमा आठ लाख ८७ हजार ६५३ रुपैयाँ भ्रष्टाचार गरेको आयोगको आरोप छ । उनीहरूमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कैद र जरिवाना मागदाबी गरेको गर्दै विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij