२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

गभर्नर महाप्रसाद अधिकारीको मुद्दा प्रधान र मोक्तानको इजलासमा

गभर्नर महाप्रसाद अधिकारीको मुद्दा प्रधान र मोक्तानको इजलासमा

2.2K
Shares

काठमाडौ – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल सरकारविरुद्ध दायर गरेको रिट न्यायाधीशहरू सपना प्रधान मल्ल र टंकबहादुर मोक्तानको संयुक्त इजलासमा परेको छ ।

आफूमाथि छानबिनका लागि जाँचबुझ समिति गठन गर्ने सरकारको निर्णय गैरकानुनी भन्दै अधिकारीले रिट दायर गरेका थिए । यही वैशाख ४ गते सर्वोच्च अदालतमा अधिकारीले दायर गरेको रिटमा न्यायाधीश हरि फुयाँलको इजलासले वैशाख ६ गते जाँचबुझ समिति गठन गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

प्रधान र मोक्तानको संयुक्त इजलासमा आज दुवै पक्षलाई डाकिएको छ । दुवै पक्षसँगको छलफलपछि सर्वोच्चले अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिने/नदिने निर्णय गर्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij