२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

आज उम्मेदवारविरुद्ध दाबी-विरोधको उजुरी दिने समय

आज उम्मेदवारविरुद्ध दाबी-विरोधको उजुरी दिने समय

2.5K
Shares

काठमाडौं – वैशाखको  ३० हुने  स्थानीय तहको निर्वाचन कार्यतालिका अनुसार आज मंगलबार दाबी विरोधको समय निर्धारण गरिएको छ ।

आइतबार र सोमबार ७५३ वटै स्थानीय तहमा मनोनयन दर्ता सम्पन्न भएको छ । निर्वाचन कार्यतालिका अनुसार सोमबार नै उम्मेदवारहरूको नामावलीको सूची प्रकाशित गर्नुपर्ने थियो । तर, राति अबेरसम्म मनोनयन दर्ता गर्नुपरेका कारण आयोगले उम्मेदवारहरूको नामावलीको सूची प्रकाशित गरेको छैन् ।

उम्मेदवारहरूको नामावलीको सूची प्रकाशित भएपछि उम्मेदवारविरुद्ध दाबी–विरोध र उजुरी दिने समय सुरु हुने निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगका अनुसार कुनै पनि उम्मेदवार अयोग्य भएको लागेमा जो कोही मतदाताले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उजुरी दिन सक्नेछन् । आजै उजुरी दिने समय पनि आयोगले यसअघि नै तोकेको हो । आयोगले प्राप्त उजुरीमाथि जाँझबुझ भने १४ र १५ वैशाखमा गर्नेछ । ​

१६ वैशाखमा भने उम्मेदवारी फिर्ता लिने र सोही दिन अन्तिम नामावली प्रकाशन हुने आयोगले जनाएको छ। १७ वैशाखमा उम्मेदवार बनेकाहरूले निर्वाचन चिह्न प्राप्त गर्नेछन् । र, ३० वैशाखमा निर्वाचन हुने छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij