२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

प्रुडेन्सियल इन्स्योरेन्सको बीसौं वार्षिक साधारणसभा सम्पन्न

प्रुडेन्सियल इन्स्योरेन्सको बीसौं वार्षिक साधारणसभा सम्पन्न

3K
Shares

काठमाडौं– निर्जीवन बीमाको कारोबार गर्दै आएको प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको बीसौं वार्षिक साधारण सभा आइतबार पर्साको दियालो लर्डस प्लाजामा सम्पन्न भएको छ । सो साधारण सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष विशाल अग्रवालद्वारा प्रस्तुत आर्थिक वर्ष २०७७÷७८ को वार्षिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ ।

कम्पनीको संचालक समितिले प्रस्ताव गरे बमोजिम कम्पनीको बीसौं वार्षिक साधारण सभाबाट ७५ बोनस शेयर र ०.३६८ कर प्रयोजनार्थ नगद लाभांश दिने प्रस्ताव सर्व सम्मतिबाट पारित भएको छ ।

साविक १ अर्ब १० करोड ५ लाख ४६ हजार ५ सय ६० साठी चुक्ता पूँजीबाट बोनस शेयर पश्चात कम्पनीको चुक्तापूँजी १ अर्ब १ करोड ८१ लाख ४४ हजार ८ सय १९ हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij