काठमाडौं -अमेरिकामा रहेका विरेश दाहाल र युकेमा रहेकी पंकुलीको सहयोगमा अनाथ बालकालिकालाई खाना खुवाइएको छ ।
उनीहरुले आफ्नो जन्मदिनको अवसरमा पठाएको सहयोग रकमले काठमाडौंको गोकर्णेश्वर २ जोरपाटीमा रहेको गरिब तथा अनाथ बालबालिका उद्धार केन्द्रमा रहेका बालबालिकालाई खाना खुवाइएको हो ।
उनीहरुले आफ्नो जन्मदिनमा गर्ने खर्चलाई जोगाएर बालबालिकाको लागि पठाएका हुन ।

उक्त कार्यक्रममा कलाकार जयकिशन बस्नेत प्रमुख अतिथि रहेका थिए । यो यो दामी गु्रपको आयोजनमा भएको उक्त कार्यक्रममा ६० जना भन्दा बढि बालबालिकालाई खाना खुवाइएको थियो ।
केन्द्रका संस्थापक अध्यक्ष सुदामा कार्कीले सहयोगीहरुलाई सहयोगका लागि आभार व्यक्त गरे ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij