२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कांग्रेसबाट कामपा ३ वडा अध्यक्षमा भगवान कार्की आकांक्षी

कांग्रेसबाट कामपा ३ वडा अध्यक्षमा भगवान कार्की आकांक्षी

5.2K
Shares

काठमाडौं – बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा यतिबेला विभिन्न दलहरुले उम्मेदवार चयन गर्नेक्रम जारी रहेको छ । साथै आकांक्षीले आफ्नो दावी प्रस्तुत गरिरहेका छन् । काठमाडौं महानगरको वडा नम्बर ३ मा पनि आकांक्षीहरु आफ्नो दावी प्रस्तुत गरिरहेका छन् । नेपाली कांग्रेसबाट सम्माजसेवी भगवान कार्की पनि आकांक्षी रहेका छन् । उनी लामो समयदेखी नेपाली कांग्रेसमा आवद्ध छन् । उनको छवि व्यवसायीको भन्दा बढि समाजसेवीको रुपमा परिचित छन् । उनी अब देश जनताको सेवामा इमान्दारिताका लाग्नका लागि वडा अध्यक्षको आकांक्षी रहेको बताए । आफ्नो मेहनत र पौरखबाट सम्पति जोडी सकेकाले अब केबल सेवाको लागि राजनीतिमा आएको स्पष्ट पारे । वडाबासीको रुपमा वडाको समस्याको राम्रो पहिचान गरेको कारण त्यसको हल गर्ने क्षमता आफुमा रहेको कारण पनि वडा अध्यक्षमा आफ्नो दावी रहेको बताए ।
‘मलाई फोहोरी राजनीति मन पर्दैन । तर हामीजस्ता पढेलेखेका र बुझेका व्यक्तिहरु राजनीतिमा आएर समाज परिवर्तनमा लाग्नुपर्छ’ कार्की भन्छन् । ‘राजनीति भनेकै समाजसेवा हो भन्ने उनको भनाई छ । पैसा कमाउनका लागि व्यापार व्यवसाय गर्नुपर्छ । राजनीति व्यवसाय होइन, विशुद्ध समाजसेवा हो’ उनी भन्छन् ।
उनी भन्छन् अब वडाबासी र जनताको सेवामा बाँकी जीवन सर्मपण गर्न चाहान्छु । करिब ११ वर्ष अघिबाट समाजसेवामा सक्रिय कार्कीको कर्मालय फाउण्डेसन छ । यो संस्थामार्फत् उनी विभिन्न स्थानमा समाजसेवाका कामहरु गर्छन् ।
उनले आफ्नै मेहनत र पौरखले चिया पसलबाट आज व्यवसायको सञ्जाल ठुलो बनाएका छन् । पर्यटन मार्फत देशको आर्थिक विकासमा ठेवा पुर्याउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij