२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बुटवल उपमहानगरपालिकामा एमाले र जनमुक्ति पार्टीबीच तालमेल

बुटवल उपमहानगरपालिकामा एमाले र जनमुक्ति पार्टीबीच तालमेल

2.2K
Shares

काठमाडौं – आसन्न स्थानीय तह निर्वाचनमा बुटवल उपमहानगरपालिकामा नेकपा (एमाले) र राष्ट्रिय जनमुक्ति पार्टीबीच सहकार्य गर्ने सहमति भएको छ ।

सहमति अनुसार उपमहानगर प्रमुख र उपप्रमुखसहित सबै वडाध्यक्ष समेत ८६ पदहरूमा राष्ट्रिय जनमुक्तिले एमालेलाई समर्थन गर्नेछ । यस्तै, ११ सदस्यको पदमा एमालेले राष्ट्रिय जनमुक्तिका उमेदवारलाई समर्थन गर्ने सहमति भएको छ । योसँगै निर्वाचन कार्यालय स्थापना, प्रचारप्रसारलगायत स्थानीय निर्वाचनसँग सम्बन्धित सबै काम दुवै पार्टीले संयुक्त रूपमा सञ्चालन गर्ने सहमति भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij