२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

प्रधानमन्त्री र अमेरिकी सांसदको टोलीबीच भेटवार्ता

प्रधानमन्त्री र अमेरिकी सांसदको टोलीबीच भेटवार्ता

2.2K
Shares

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल भ्रमणमा रहेको अमेरिकी संसद् सदस्यहरुको प्रतिनिधिमण्डलले शनिबार शिष्टाचार भेट गरेको छ ।
सांसद् कर्सटन गिलिब्रान्ड नेतृत्वको पाँच सदस्यीय प्रतिनिधिमण्डलले उहाँको सरकारी निवास बालुवाटारमा भेट गरेको हो ।

सो अवसरमा प्रधानमन्त्री र प्रतिनिधिमण्डलबीच बहुआयामिक नेपाल–अमेरिका सम्बन्धका विविध पक्षका साथै पारस्परिक हित र साझा चासोका विविध विषयमा विचार–विमर्श भएको परराष्ट मन्त्रालयले जनाएको छ ।

अमेरिकी सिनेटरको टोली आइतबार फर्किने कार्यक्रम छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij